नियम
चिठ्ठीको आकार प्रकार र तौल

(१) चिठ्ठीको लम्बाई, चौडाई र मोटाई जम्मा गरेर ९०० मिलिलिटर भन्दा बढी हुनु हुँदैन र लम्बाई, चौडाई र मोटाईमध्ये एक आयाम (डायमेन्सन) ६०० मिलिमिटर भन्दा बढी हुनु हु“दैन । बेरेर गोल पारेमा लम्बाई र दुई गुना व्यास (डायमिटर) जोड्दा बढीमा १०४० मिलिमिटरसम्म हुन सक्नेछ । तर एक आयाम ९०० मिलिमिटरभन्दा बढी हुनु हुँदैन ।
(२) पातलो साइजको चिठ्ठीको हकमा लम्बाई र चौडाई १४०×९० मिलिमिटर भन्दा कम हुनु हुँदैन र बेरेर गोल पारेमा लम्बाई र दुई गुना व्यास जोड्दा १७० मिलिमिटरसम्म हुनै पर्दछ । तर एक आयाम १०० मिलिमिटरभन्दा कम हुनु हुँदैन ।
(३) चिठ्ठीको अधिकतम तौल दुई किलोभन्दा बढी हुनु हुँदैन । चिठ्ठीको अगाडि पट्टि ठेगाना, हुलाक टिकट, हुलाक अड्डाले टाँस्नु पर्ने लेबलको निमित्त पर्याप्त ठाउँ हुनु पर्छ ।